२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अर्घाखाँचीमा १० महिने बालिकासहित ४८ जनाले जिते कोरोना



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा १० महिने बालिका सहित ४८ जना डिस्चार्ज भएका छन । जिल्लाको शितगंगा नगरपालिकामा १० महिने बालिका सहित १५ जना, सन्धिखर्क नगरपालीकामा २९ जना, पाणिनी गाँउपालीकामा ३ जना र छत्रदेव गाँउपालीकामा १ जना गरि ४८ जनाले कोरोना जितेर घर फर्किएको जनस्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापामगरले जानकारी दिइनुभयो ।
शितगंगामा कोरोना जितेर घर फर्किएकाहरुलाई बधाई दिदै नगर प्रमुख सुर्य प्रसाद अधिकारी, उपप्रमुख टिका रेश्मी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम, वडा नम्बर २ का वडा अध्यक्ष गोर्वद्धन थापा, स्वास्थ शाखा प्रमुख कृष्ण पौडेल, प्राथमिक स्वास्थ केन्द्र ठाडाका ईन्चार्ज डाक्टर विभेस मंडल लगायतको समुहले एक साता सम्म होम क्वारेन्टाइनमा बस्न सुझाउदै बिदाई गरेका छन । शितगंगाको बिभिन्न क्वारेन्टाइनमा ३७ दिन पुरा हुदा समेत पिसिआर रिपोर्ट नआएको भन्दै उनिहरू आक्रोसित भएका छन ।

प्रकाशित मिति : १० असार २०७७ बुधबार ००:००  १ : १५ बजे