१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

प्युठानका सबै स्थानीय तह पुग्यो कोरोना



प्युठान ।
प्रदेश नम्बर ५ को प्युठानमा अहिले सम्म मुक्त रहेको प्युठानको झिमरुक गाउँपालिकामा समेत कोरोना संक्रमित भेटिए पछि प्युठानका सबै स्थानीय तह कोरोना प्रभावि बनेकाछन् । हालसम्म संक्रमित नदेखिएको प्युठानको झिमरुकमा समेत कोरोना बिहान पुष्टि भएपछि जिल्लाका सबै ९९० स्थानीय तहमा कोरोना संक्रमण फेला परेकके हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको जिल्लाका १ सय १ जनाको परीक्षणमा माण्डवी, झिमरुक र नौबहिनी गाउँपालिका ३ महिलासहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, माण्डवी गाउँपालिकाका ३७ जना, झिमरुक गाउँपालिकाका ७ जना र नौबहिनी गाउँपालिकाका ३ गरी ४७ जनामा शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका संक्रमितहरु १७ वर्षदेखि ६० बर्ष उमेर समूहका रहेका छन ।

योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ५८ पुगेको छ भने, २ जना निको भइ घर गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७७ शनिबार ००:००  ८ : २० बजे