२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

नहरमा डुबेर बालिकाको मृत्यु



नेपालगञ्ज ।
गोठाला गएकी बालिकाको नहरमा डुबेर मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी वडा नं. २ स्थित सिक्टा नहरमा डुबेर ८ वर्षीया बालिका करिश्मा सारु मगरको मृत्यु भएको हो। नहरको छेउमा घोंगी टिप्न खोज्दा खुट्टा चिप्लिएर नहरमा खस्दा बालिकाको डुबेर मृत्यु भएको थियो।

सँगै रहेकी अर्की बालिका इन्द्रा रोक्काले चिप्लिएकी करिश्माको खुट्टा समातेपनि बचाउन सकिनन्। इन्द्रा आफै नहरमा डुबेकी थिइन्। नजिकै रहेका अरुले देखेपछि उनलाई बचाएका थिए।

गोठाला गएकाहरुले करिश्माको घरमा खबर गरेपछि आएका गाउँलेले उनको शव निकालेका थिए। घटना शनिबार दिउँसो १२ बजेतिरको हो। शवलाई पोष्टमार्टमका लागि नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको छ।

प्रकाशित मिति : १३ असार २०७७ शनिबार ००:००  ७ : ४३ बजे