१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

सैनामैनामा सवारी दुर्घटना, बाबुछोराको मृत्यु



तिलोत्तमा ।
रुपन्देहीको सैनामैनामा सोमबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल सैनामैना वडा ८ शान्तिटोलमा आपसमा ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सैनामैना वडा १, बनकट्टाका ३० वर्षीय सन्तोष परियार र उनका बुबा ५० वर्षीय टेकबहादुरको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठोरले बताए । सन्तोष जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान रहेका थिए ।

कार र चालक इलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिइएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७७ सोमबार ००:००  ५ : ०१ बजे