४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

ट्र्याक्टर दुर्घटनामा बालकको ज्यान गयो



गुल्मी ।
गुल्मीमा ट्र्याक्टर दुर्घटनामा एक बालकको ज्यान गएको छ । ट्र्याक्टर दुर्घटनामा गुल्मी दरबार गाउँपालिका ६ का वर्ष १३ का विकास परियारको ज्यान गएको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभएको छ ।

मालीका गाउँपालिका अन्तर्गत सिमलटारीबाट ईस्मा गाउँपालिकाको छल्दीतर्फ आउँदै गरेको लु ३ त ३२६७ नम्बरको ट्र्याक्टर आइतबार राति छल्दीपनाह खोलामा खसेर दुर्घटनाग्रस्त भएको होे ।

ट्र्याक्टर दुर्घटनामा रेसुङ्गा नगरपालिका १० का चालक विष्णु परियार घाइते हुनुभएको छ ।

दुर्घटनामा परेर ट्र्याक्टरमा रहेका बालक बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल गुल्मीको टोलीले बेपत्ता बालकको खोजी गर्ने क्रममा सोमबार दिउँसो खोलामा ट्र्याक्टरको चक्कामुनि च्यापिएको अवस्थामा फेला पारेको थियो ।

दुर्घटनामा ज्यान गुमाएका बालकको शवलाई पोस्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास पुर्‍याइएको छ । दुर्घटनाक घाइते परियारलाई उपचारको लागि पाल्पा लगिएको सशस्त्र प्रहरी बल गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७७ सोमबार ००:००  ७ : १५ बजे