४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मोटरसाइकलको ठक्करबाट रुपन्देहीमा साइकल यात्रीको मृत्यु



बुटवल ।
रुपन्देहीमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–९ को भित्री बाटोमा मोटरसाइकलको ठक्करबाट घाइते भएका १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १७ प ३१७५ नम्बरको मोटरसाईकलले साईकलमा यात्रा गरिरहेका स्थानीय ६५ वर्षिय दिलमान राईलाई ठक्कर दिदा उनी घाईते भएका थिए ।
घाइते राईको उपचारको क्रममा क्रिमसन अस्पतालमा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७७ मंगलबार ००:००  १ : ५४ बजे