४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दाङमा वडाध्यक्षमाथि कुटपिट



काठमाडौं ।
दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको छ । वडा कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेको समयमा मंगलबार करिब साढे ११ बजेको समयमा वडाध्यक्ष डाँगीमाथि अज्ञात समूहले आक्रमण गरेको दाङका प्रहरी प्रवक्ता एवं डीएसपी सुमित खड्काले जानकारी दिए ।
डीएसपी खड्काका अनुसार चाररपाँच जनाको समूहले वडाध्यक्ष डाँगीमाथि लाठी प्रहार गर्दा उनको टाउको र हातमा चोट लागेको छ । वडाध्यक्ष डाँगीमाथि कुटपिट हुनुका साथै उनीहरुले कालोमोसो दल्ने प्रयास समेत गरेको खड्काको भनाइ छ ।
घाइते वडाध्यक्ष डाँगीलाई उपचारका लागि तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा लगिएको उनले बताए ।
वडाध्यक्ष डाँगीमाथि कसले र कुन समूहले किन आक्रमण गरेको हो भन्नेबारे अहिले खुल्न नसकेको र आक्रमण गर्ने समूहको खोजीकार्य भइरहेको उनले बताए ।

प्रकाशित मिति : १६ असार २०७७ मंगलबार ००:००  २ : १३ बजे