६ असार २०८३, शनिबार | Sun Jun 21 2026

रुपन्देहीमा छतबाट खस्दा चार वर्षीय बालकको मृत्यु



लुम्बिनी ।
खेल्ने क्रममा घरको छतबाट खस्दा चार वर्षीय बालकको मृत्यु भएको छ। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका –१ शिवलहवाका ओमप्रकाश यादवका छोरा अजयको घरको छतबाट खस्दा आज मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।

एक तले घरको छतबाट खसेका अजयको उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो।
रासस

प्रकाशित मिति : १६ असार २०७७ मंगलबार ००:००  ४ : ३५ बजे