२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

अर्घाखाँचीमा ८९ जना कोरोना जितेर घर फर्किए



अर्घाखाँची ।
अर्घाखाँचीमा ८९ जना कोरोनालाई जितेर घर फर्किएका छन् । आइसोलेसनमा बसेका ८९ जनाको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । सन्धिखर्क नगरपालिकामा रहेको रविचित्र मावि हटारीनेटामा रहेको आइसोलेसनबाट ५१ जना, शितगंगा नगरपालिकामा रहेको ज्योति माविको आइसोलेसनमा रहेका ३८ जना गरी ८९ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयो ।
उनीहरुलाई दुई हप्ता होम क्वरेण्टीनमा बस्न निर्देशन दिइएकोे सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । अर्धाखाँचीमा तीन सय १२ जना कोरोना सङ्क्रमित छन् । दुई जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १८ असार २०७७ बिहिबार ००:००  १ : ०९ बजे