१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ



पोखरा ।
बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । बागलुङको ढोरपाटन नगरपालिका ४ खुंगाको क्वारेन्टाइनमा बसेका उनको गएराति मृत्यु भएको थियो । उनको दिउँसो आइतबार मात्रै रिपोर्ट आएको हो । जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूका अनुसार फोक्सोमा समस्या देखिएपछि उपचारको लागि भारत गएका उनी असार ३ गते मात्रै बागलुङ आएका थिए ।

क्वारेन्टाइनमा बसेका मृतकका ५ आफन्तको स्वाब लिइएकोमा ३ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी सैंजूले जानकारी दिए । मृतकका छोरा(बालक)को भने रिपोर्ट अझैं आइनसकेको उनले जानकारी दिए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । अहिले उनको शव व्यवस्थापनको तयारी थालिएको छ । यसअघि प्रदेशभित्र स्याङ्जाका दुई र गोरखाका एक जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २१ असार २०७७ आइतबार ००:००  ३ : ४३ बजे