१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

घरमै झुण्डिएर उपचारपछि मरेका गोरखाका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि



काठमाडौं ।

पाटन अस्पतालमा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।

पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माका अनुसार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको गएराति मृत्यु भएको शर्माले बताए ।मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २३ असार २०७७ मंगलबार ००:००  १ : ५९ बजे