१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

थाके नेता, नेकपा स्थायी समिति बैठक सात दिनको लागि स्थगित




काठमाण्डौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक सात दिनका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि डाकिएको बैठक एक साताका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केन्द्रिय कार्यालयको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटिको बैठक ७ दिन स्थगित’, प्रवक्ता श्रेष्ठले ट्विटमार्फत जानकारी दिएका छन् ।

नेकपाको स्थायी कमिटिको बैठक स्थगित भएको यो पाँचौँ पटक हो ।प्रचण्ड–नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेपछि संकटमा आएका ओली दुवै पद नछोड्ने अडानमा छन्। समस्या समाधानका लागि ओली र प्रचण्डबिच लगातार वार्ता हुँदै आएको छ । तर कुनै उपलब्धी हासिल भएको छैन ।

प्रकाशित मिति : २६ असार २०७७ शुक्रबार ००:००  ९ : ४५ बजे