१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुमा ८ कक्षामा पढ्ने बालिकाद्धारा आत्महत्या, सिढिँको रेलिङमा झुण्डिइन्



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा आत्महत्याको डरलाग्दो रुप देखा परेको छ । एकपछि अर्को गर्दै कपिलवस्तुका बिभिन्न स्थानमा झुण्डिएर प्राणत्याग गर्नेहरु दिनहूँ बढिरहेका छन् ।

आत्महत्या गर्नेमा युवा वयस्क त छँदै थिए बालिकाले पनि आत्महत्या गर्न थालेका छन् । बुद्धभूमि नगरपालिकामा शुक्रबार एक बालिकाले आत्महत्या गरेपछि यस्तो अवस्था देखिएको हो ।

वडा नम्बर ९ मा रहेको आफ्नै घरमा १५ बर्षिय बालिका रचना थापा शुक्रबार सिँढीको रेलिङमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । स्थानीय विद्यालयमा कक्षा ८ मा अध्धयनरत रचनाले चुन्नीले घाँटीमा पासो लगाएको अवस्थामा हजुरबुबा जग बहादुर थापाले मध्यान्ह १२ बजे भेट्नु भएको थियो ।

त्यसपछि बुबाले त्यो पासो खोली अरुलाई पनि खबर गरेपछि साढे २ बजेतिर बाणगंगास्थित कपिलवस्तु सामुदायिक अस्पतालमा ल्याइएको थियो । चेकजाँच पछि अस्पतालले मृत घोषणा गरेको थियो ।

रचनाको घाँटीमा नीलडाम थियो । यतिखेरसम्म उनको होस् गुमिसकेको थियो । घटना घटेको करिब २ घण्टापछि अस्पताल ल्याइएको हुनाले उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । उनी एघार बजेतिर स्कुलबाट घर आएकी हजुरबुबा जग बहादुर थापाले मायादेवी अनलाइनसंग बताउनु भयो । त्यसपछि आफूले यस्तो अवस्थामा फेला पारेको हजुरबुबाले बताउनु भयो ।

उनको मृत्यु भइसकेको हुनाले पोष्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ । उनले किन आत्महत्या गरिन् ? त्यो भने अझै थाहा छैन । हजुरबुबाले बताएअनुसार नातिनीले आत्महत्या गर्ने कुनै कारण नरहेको बताइएको छ ।

रचनालाई सबैले माया गर्ने गरेकोमा यस्तो निर्णय किन गरिन् आफै अचम्ममा परेको उहाँको भनाई छ । घटना घट्दा घरमा रचनाका बुबा आमा नभएको हजुरबुबा थापाले बताउनु भयो ।

प्रकाशित मिति : २६ असार २०७७ शुक्रबार ००:००  ४ : ०३ बजे