६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

नेपालमा १७ हजार नाघे कोरोना संक्रमित, मंगलबार थपिए १ सय १६ जना



काठमाडौं ।
मंगलबार मुलुकभर १ सय १६ जना कोरोनाका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित मुलुकभर कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

त्यस्तै २४ घण्टामा कोरोनाका ३४ संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । यीसहित हालसम्म १० हजार ३ सय २८ जना कोरोनाबाट निको भएका छन् । ३८ जना मृतकमा कोरोना देखिएको छ ।

हालसम्म २ लाख ९३ हजार ७३९ जनाको पिसिआर परीक्षण भएको छ।

प्रकाशित मिति : ३० असार २०७७ मंगलबार ००:००  ५ : १० बजे