९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

कविताः ‘फेर्दै छिन प्रकृतिले आफ्नो मुहार’



चिरनजीवि न्यौपाने ।
चराहरु चिरबिर चिरबिर आवाज लिएरमा नववस्ति झ्याप आउन सक्दैनथे
समय फेरिएको छ, सयौं चराचरीहरु आँगन मैनँया संदेश लिएर मानव वस्ति छाउँदैछन्
आजभोलिका बिराना मानिसहरुलाई पछ्याउदै छन्

र, भन्दैछन्, नयाँ मानिस बनू
फेरी आफ्नो मिठो ध्वनीले पुकार्दै छन्,
र भन्दै छन् हे मनुष्यहरु हामी चराहरु प्रकृतिका दुत हौं,
हाम्रो जंगल तिम्रो घर सरि प्यारो छ हामीलाई,
जाति तिमीहरु आफ्नो घरलाई संसार ठान्छौ उसै गरि जङ्गललाई हाम्रो स्वर्ग मान्छौ,
हामी चरीहरुको अनुनय छ,
हे मनुष्यहरु, अझै के छ र तिम्रो नयाँ जीवनलाई हरियारीसंग छुन ?

हाम्रो रोदन सुन, तिम्रो मनलाई सुन स अब प्रदुषण रोक
मनुष्य मस्तिकलाई कोरोना को कहर ‘अँ, अब प्रकृतिलाई स्थान देऊ’
को सौको सपरको भुमि आफ्नो ठानी पहिचान श्रम बजारू बनेको त्यो भाव
अब, फेरिन्छ कि भनेर बुढी आमा र श्रीमती केटाकेटीहरु जो पर्खाइमा छन्
ति स्वदेश आमा बन्दै छिन् बैभव, हो त्यहि प्रेम नै उनी बैभव ठान्दै छिन,
कुना कन्दरा पाखा छहरा हाँस्दैछन्
आउँलान कि ति मनहरु फेरी जोडिन भनेर,
गाउँबस्तिहरुले कुरि रहेको छ दिन गनेर
कायापलट र काया परिवर्तन गरेका राजनीतिकर्मीलाई कोरोनाले गिजाइरहेछ
जो देश भक्ति थिए, उनीहरु युक्ति दिदैछन प्रकृतिलाई मन नगर, नमन गर

नरिसाउ हे प्रकृति तिम्रो मुहार बदल्ने तिम्रा सन्ततीका चाहनाहरु बदलिदैछन्,
म म भन्ने सोचबाट मानिसहरु अलगीदैछन्, हामी भन्ने कथन अब बन्दैछ तिम्रो गुहार,
हे रुपान्तरित समय, अबपालो विपत्ति दिएर होइन, न्याय र शान्ति दिएर जाउ
शान्ति मार्फत मनुष्य जातिले पुर्नेछन हरेक दुखका घाउ
संसारमा लकडाउनको संयम उपहार,
फेर्दैछिन प्रकृतिले आफ्नो मुहार !!

प्रकाशित मिति : ३ श्रावण २०७७ शनिबार ००:००  १० : १९ बजे