५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

तिनाउ नदीमा बेपत्ता दुई भारतीय किशोर मृत फेला



तानसेन । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई किशोर मृत फेला परेका छन् ।

भारतबाट आइतबार नेपाल घुम्न आएका भारत बखिरानगर पन्चायत–१५ का १७ वर्षीय फरान अन्सारी र सोही स्थानका १७ वर्षीय अमान अन्सारी पौडी खेल्ने क्रममा तिनाउ–३, स्थित तिनाउ नदी ड्यामसाइटबाट बेपत्ता भएका थिए ।

ड्यामसाइड नजिकै सात जना पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई किशोरको शब सोमबार दिउँशो ड्यामसाइडदेखि एक सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

दुबै जना किशोरको खोजी गर्ने क्रममा नदी किनारमा मृत अवस्थामा फेला परेको चौधरीले बताउनुभयो । मृतकको शब परिवारलाई सम्पर्क गरी बुझाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८२ सोमबार ००:००  ९ : ०७ बजे