२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नेपालमा कोरोनाबाट एक चिनियाँ नागरिकको ज्यान गयो



काठमाडौं ।
काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। अस्पतालका निर्देशक डा। रोहित पौडेलले ५८ वर्षीया चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे।

‘उहाँ हिजो बेलुका अस्पताल भर्ना हुनुभएको थियो। आज बिहान उहाँको मृत्यु भयो, ‘ उनले भने। मृतक महिलालाई ग्रान्डी अस्पतालबाट टिचिङमा ‘रिफर’ गरिएको थियो।

ग्रान्डी अस्पतालमै हुँदा उनमा संक्रमण पुष्टि भएको थियो । अहिले उनको शव अस्पतालमै राखिएको छ। ‘उहाँको शव अहिले अस्पतालमै छ। दूतावासको रोहबरमा सेनाले शव व्यवस्थापन गर्ने कुरा छ,’ निर्देशक पौडेलले भने।

मृतक महिलाबारे थप विवरण लिने काम भइरहेको छ । नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।

प्रकाशित मिति : ७ श्रावण २०७७ बुधबार ००:००  ३ : ०९ बजे