१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

थप १ सय जनामा कोरोना पुष्टि



काठमाडौं ।
बुधबार देशभर कोरोनाका १ सय संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

बुधबार थपिएकासहित देशभर हालसम्म संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ। त्यस्तै २४ घण्टामा २ सय ७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कुल १२ हजार ६ सय ८४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा मुलुकका विभिन्न प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म ३ लाख २७ हजार बढीको पिसिआर परीक्षण भएको छ। हालसम्म मृतक ४० जनामा कोरोना पोजेटिभ देखिएको छ।

प्रकाशित मिति : ७ श्रावण २०७७ बुधबार ००:००  ४ : २८ बजे