२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

थप १०९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं ।

शनिबार कोरोनाभाइरसका एक सय ९ जना संक्रमित थपिएका छन्। चार हजार ७५ जनामा गरिएको पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

अब नेपालमा कोरोना संक्रमित संख्या १८ हजार चार सय ८३ जना पुगेका छन्। उनका अनुसार देशभरका क्वारेन्टिनमा १८ हजार एक सय ८३ जना छन् भने आइसोलेसनमा पाँच हजार तीन सय ८५ जना छन्।

शनिबार कोरोना निको भएर एक सय ६ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ। कोरोनाबाट नेपालमा अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १० श्रावण २०७७ शनिबार ००:००  ४ : ३१ बजे