२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

पाल्पामा भोज खाएका एकै गाउँका ५० जना भन्दा बढी बिरामी



पाल्पा ।
पाल्पाको रामपुर नगरपालिका–७ मोहटी गाउँमा १३ दिनको पितृ प्रसाद खाएका ५० जना भन्दा बढी बिरामी परेका छन् । आइतबार अपराहृन भोज खाएका अधिकांश बिरामी परेका हुन् । उनीहरुलाई झाडापखाला, ज्वरो र दिसामा रगत देखिएको रामपुर अस्पतालका डा. विजय परियारले जानकारी दिए । उनका अनुसार भोज खान गएकाहरुमा मात्रै यस्तो समस्या देखिएको छ ।

सदरमुकाम तानसेनदेखि ६५ किलोमिटर टाढा रहेका रामपुर अस्पतालमा ३० जना उपचारका लागि आएका छन् । १३ जनालाई थप उपचारका लागि तानसेस्थित लुम्बिनी मेडिकल कलेज रिफर गरिएको डा. परियारले बताए । २८ वर्षीय विमला सुनार, ५९ वर्षीय विनमाया विकको अवस्था गम्भीर रहेकाले तत्काल एम्बुलेन्समार्फत पठाइएको रामपुर अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७ मंगलबार ००:००  ७ : ०८ बजे