५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

प्युठानका एक व्यक्ति दाङमा मृत फेला



दाङ ।
दाङको गढवामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । प्यूठान जिल्लाको साविक धर्माबती गाविस वडा नं। ४ निवासी ४४ वर्षीय हिराबहादुर केसी दाङको गढवा गाउँपालिका वडा नं। १ जुरैनीमा मृत फेला परेका छन्।

५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार उनी पूर्वपश्चिम राजमार्गको छेउमै रहेको प्रतिक्षालयमा बुधबार विहान मृत अवस्थामा फेला परेका हुन्।

मृतक त्यस क्षेत्रमा मदिरा सेवन गरी हिँडडुल गर्ने गरेको भन्ने अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १४ श्रावण २०७७ बुधबार ००:००  ७ : ०३ बजे