८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मास्क नलगाउने १ सय ३४ जनालाई कारवाही



गुल्मी ।
गुल्मीमा मास्क नलगाई हिँड्ने १३४ जनालाई प्रहरीले कारबाही गरेको छ। सदरमुकाम तम्घासमा घर बाहिर निस्किँदा र पसलमा रहँदा मास्क नलगाउने १३४ जनालाई कारवाही गरिएको हो। उनीहरुलाई १०० रुपैयाँका दरले जरिवाना गरिएको र जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त एउटा मास्क दिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले बताए।

उनीहरुलाई सम्झाइबुझाइ पठाउने गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। १०० रुपैयाँ जरिवाना तिर्न नसक्नेलाई नियन्त्रणमा लिई प्रहरी कार्यलयमा राखिएको पन्तले बताए।

घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने र मास्क नलगाए नियन्त्रणमा लिई १०० रुपैयाँ जरिवाना गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए।

ग्रामीण क्षेत्रमा पनि मास्क लगाए नलगाएको अनुगमन गर्न कारबाही गर्न प्रहरी चौकीहरुलाई समेत निर्देशन दिएको शर्माले बताए।

प्रकाशित मिति : १४ श्रावण २०७७ बुधबार ००:००  ७ : ३१ बजे