१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

रुपन्देहीमा समुदायस्तरमा स्वाब संकलन जारी



बुटवल ।
समुदायमा कोरोना संक्रमण फैलिएको÷नफैलिएकोबारे थाहा पाउन रुपन्देहीमा नमुना संकलन भइरहेको छ । बुटवल उपमहानगरपालिकासँगै, सैनामैना, भैरहवा र लुम्बिनी क्षेत्रमा स्वाब संकलन गरिएको हो । सैनामैनामा बुधबार ५४ जनाको स्वाब संकलन गरिएको थियो ।

संकलन गरिएका मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको प्रादेशिक प्रयोगशाला भैरहवाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए । सैनामैना १ र ९ को बढी भीडभाड हुने क्षेत्र तथा यस अघि संक्रमित देखिएको क्षेत्रमा स्वाब संकलन गरिएको थियो ।

बुटवल र लुम्बिनीमा बिहीबार संकलन गरिएको नमुनाको रिपोर्ट आउन बाँकी छ । बुटवलको हाटबजारमा बिहीबार ३५ वटा स्वाब संकलन गरिएको थियो । हाटबजार लाइनमा ग्राहकको बढी जमघट हुने पसलमा स्वाब संकलन गरिएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले जानकारी दिए ।

‘किराना, फलफूल, तरकारी, खाद्यान्न, खाजापसल दुधजन्य पसल गरेर ¥याण्डम्ली गरेर धेरै सम्पर्क हुने पसलमा संकलन गरिएको हो–उनले भने–भोलि शनिबारसम्म रिपोर्ट आउँछ कि।’ हाट बजार क्षेत्रमा संकलन गरिएको स्वाबको रिपोर्ट हेरेर त्यस आधारमा अन्य परिक्षणको दायरा बढाउने सिंहले बताए ।

‘एउटा मात्र रिपोर्ट पोजेटिभ देखियो भने त्यसको लामो कन्ट्याक्ट ट्रेसिङ हुन्छ–उनले भने। शुक्रबार भैरहवा क्षेत्रमा पनि स्वाब संकलन गरिएको छ ।

यसैबिच पश्चिम नवपरासीमा समुदायस्तरमा कोरोना परीक्षण सुरु गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंकामा शुक्रबारबाट सुनवल नगरपालिकाबाट परीक्षण सुरु गरिएको हो । परीक्षण जिल्लाभरका ७ वटै स्थानीय तहका समुदायस्तरमा सञ्चालन हुने छ ।

लकडाउन हटेसँगै स्वास्थ्य सजगतालाई बेवास्ता गर्दै सर्वसाधारणको चहलपहल बढेको छ । जसका कारण संक्रमण समुदाय स्तरमा पुगेको आशंकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी जिल्लास्तरीय समितिले परीक्षण सुरु गरेको समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७७ शुक्रबार ००:००  ७ : ०९ बजे