१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

भिरबाट खसेको ढुंगा लागेर युवकको मृत्यु



दाङ ।
भिरबाट खसेको ढुंगा लागेर रोल्पामा एक युवकको मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका ८ मेलटाकुरा निवासी २६ वर्षीय प्रेमबहादुर पुनको बाटोमा हिँडिरहेका बेला अचानक भिरबाट खसेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको हो ।

बिहीबार राति करिब १२ बजेतिर पुनलाई ढुंगाले लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरूङले जानकारी दिए । पुन खेतमा पानी लगाउन जाँदै थिए ।

उनको शव पोष्टमार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरिक्षक मेघनाथ चापगाईले जानकारी दिए।

प्रकाशित मिति : १६ श्रावण २०७७ शुक्रबार ००:००  ४ : ३१ बजे