६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

बुटवल पाल्पा सडकखण्डमा फेरि पहिरो, सडक अवरूद्ध



बुटवल ।

बुटवल पाल्पा सडकखण्ड अवरूद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ नाग मन्दिर र माथिल्लो सिद्धबाबामा झरेको पहिरो हटाएको चार घण्टा नपुग्दै शनिबार पुनः सडक भासिएर सडक अवरुद्ध भएको छ।

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्ड अन्तरगत दोभानमा सडक भासिएको हो।
तिनाउ गाउँपालिका वडा नम्बर ३ दोभानमा रहेको दोभान प्रहरी चौकी देखि एक सय मिटर दक्षिणमा सडक भासिएको प्रदेश ५ टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
शनिवार मध्यान्ह करिब १२ बजेको समयमा १२ मिटर लम्वाइ डेढ फुट सडक चिरा(चिरा परेर फाटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक बिक्रम भुसाल जानकारी दिए।

सडक भासिएपछि प्रहरीले बुटवलबाट उत्तर जाने सवारी साधनहरु चिडिया खोला र पाल्पाबाट बुटवल आउने ठूला सवारी साधनहरुलाई बर्तुङमा रोकेर राखेको छ।
सडक भासिएका कारण ठूला साधनहरु आवतजावत गर्न नमिल्ने अवस्था रहेको प्रहरी सहायक निरीक्षक भुसालले बताए।

प्रकाशित मिति : १७ श्रावण २०७७ शनिबार ००:००  १ : ०६ बजे