७ असार २०८३, आइतबार | Mon Jun 22 2026

दाङमा कुलोमा डुबेर दुई बालकको मृत्यु



दाङ ।

दाङमा दुई बालकको डुबेर मृत्यु भएको छ। जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी राजु चौधरीको छोरा ७ बर्षको आयुश चौधरी र सोही ठाउँकै दिनेश चौधरीको छोरा निशान चौधरीको शुक्रबार बिहान कुलोमा डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार दुबै बालक शुक्रबार बिहान साढे ९ बजेतिर खेल्ने क्रममा स्थानीय कुलोमा डुबेका थिए।

डुबेर अचेत अवस्थामा उद्धार गरिएका दुबै बालकलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए।

दुबै बालकको शवलाई अहिले पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए।

प्रकाशित मिति : २३ श्रावण २०७७ शुक्रबार ००:००  १२ : ३९ बजे