२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु



गुल्मी ।
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। गएराति घरमै बसिराखेका मदाने गाउँपालिका–१ अग्लुङका ३९ वर्षीय कमल भण्डारीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए। उनको शब पोष्टमार्टमका लागि बिजुवार प्युठानमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  १२ : ३० बजे