२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

दाङमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु



दाङ ।

दाङको नारायणपुरमा मोटरसाइकल दुर्घटनामा परी एकजना १८ वर्षीय युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १० झारबैरा निवासी १८ वर्षीय विमल डाँगीको मंगलबार बिहान आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।

जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काका अनुसार बिहान करिब साढे ३ बजेतिर डाँगीले चलाएको रा ४ प २५५१ नम्बरको मोटरसाइकल घरनजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

डिएसपी खड्काले गम्भीर घाइते डाँगीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान मृत्यु भएको जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  १ : २० बजे