१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाँकेका २६ सहित थप ५९ जनामा संक्रमण पुष्टि



नेपालगञ्ज ।

बाँकेमा मंगलबार पनि ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालका अनुसार, ५९ जनाको संक्रमण पुष्टि हुँदा बाँकेका २६ जना रहेका छन् । बाँके र दाङमा संकलन गरिएको स्याम्पलमा ५९ जना संक्रमित थपिएका हुन् । बाँकेमा मेडिकल कलेज, कोहलपुरका चिकित्सकसहित कर्मचारी र बिरामी गरी पाँचजनामा कोरोना पुष्टि भएको छ ।

बाँकेमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित थपिँदा राख्ने ठाउँको समस्या हुन थालेको छ । सुरुवाति चरणमा सञ्चालन गरेर बन्द भइसकेका आइसोलेशन सेन्टरलाई पुनः सञ्चालन गराउँदासमेत बिरामी राख्ने ठाउँको अभाव हुन थालेको छ ।

पछिल्लो समयमा आफै पैसा तिरेर बस्न चाहनेलाई होटलको व्यवस्थासमेत गरिएको छ । मंगलबार थपिएका बाँकेका धेरैजसो नेपालगञ्ज बजार क्षेत्रकै छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  १ : ३६ बजे