१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दाङमा नेपाली सेनाका २९ जवानमा कोरोना



दाङ ।

दाङमा एकै दिन २९ जना नेपाली सेनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । दाङको तुलसीपुरमा रहेको १९ नं. बाहिनीमा कार्यरत २९ जना नेपाली सेनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको पीसीआर परीक्षणमा १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना देखिएको बाहिनीले पुष्टि गरेको छ ।

साउन १८ गते संक्रमण देखिएका जवानाको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा संक्रमण देखिएको १९ नम्बर बाहिनीलका सहायक बाहिनीपति अलिन सिहले जानकारी दिए ।

प्युठानमा कार्यरत एक जवान साउन १४ गते ट्रेनिङका लागि नेपालगञ्ज जाँदै गरेको समयमा स्वास्थ्य समस्या देखिएपछि साउन १६ गते स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमण देखिएको थियो ।

ती जवानमा संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका ३१ जनाको साउन २३ गते स्वाब संकलन गरिएको थियो । जसमा २९ जनाको पोजिटिभ र २ जनाको रिर्पोट नेगेटिभ आएको हो ।

कोरोना संक्रमण पुष्टि भएका २९ जना सबै बाहिनीभित्रैको आइसोलेसनमा बसिरहेको सहायक बाहिनीपति अलिन सिंहले जानकारी दिए ।तालिमका लागि आएका र केही बाहिनीभित्रकै सेनामा संक्रमण पुष्टि भएको उनले बताए ।

सिहले एकजनालाई संक्रमण देखिएपछि उनीको सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा राखिएको अवस्थामा रिपोर्ट पनि पोजिटिभ आएको बताए । संक्रमति सेनामा कुनै पनि लक्षण देखिएको छैन ।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  ४ : ०५ बजे