१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पाल्पामा जीप पल्टिदा २ जनाको ज्यान गयो, ६ जना घाइते



पाल्पा ।
पाल्पाको निस्दीमा भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ ६ बजेतिर गल्धाको पटकसर नजिकै दुर्घटना भएको निस्दी गाउँपालिका ४ का वडा सदस्य रनबहादुर गाहाले जानकारी दिनुभयो ।

दुर्घटनामा निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुरप्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका ३ महिने नाम नखुलेका बालकको घटनास्थलमै ज्यान गएको रुक्सेभञ्ज्याङ प्रहरी चौकी मित्यालले जनाएको छ ।

गाडीमा चालकसहित १० जना रहेको स्थानीयले जनाएका छन् । दुर्घटनामा निस्दी ५ गल्धा, पटकसरका ३८ वर्षीया सुमित्रा सारु , ३६ वर्षीया सेरमती सारु , २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु, निस्दी ४ मित्याल झ्यालतुङका २५ वर्षीया सिर्जना गाहा, निस्दी ४ मित्याल , काफलका २२ वर्षीया विष्णुमाया सारु घाइते भएका छन् ।

घाइतेहरुको उपचारका लागि सदरमुकाम तानसेन पठाएको जनाइएको छ । जीप सडकबाट करिब ७ सय मिटर तल खसेको थियो । दुर्घटनापछि चालक र सह–चालक फरार रहेको जनाइएको छ ।

तस्बीर फाइल

प्रकाशित मिति : २८ श्रावण २०७७ बुधबार ००:००  ८ : १५ बजे