७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कोरोनाले लियो कपिलवस्तुका दुई जनाको ज्यान



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुका २ कोरोना संक्रमितको सोमवार राति मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । बुटवलको धागो कारखानास्थित कोरोना बिशेष अस्पतालमा उपचारत तौलिहवाका एक र कृष्णनगरका एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय श्रोतले जनाएको छ ।

लक्षण सहितका बिरामी दुबै जना बिगत ५ दिन देखि बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचार गराईरहेका थिए । मृत्यु हुनेमा ४२ बर्षीय कपिलवस्तु नगरपालिका– २ जमुहरा टोलका राजु भन्ने कृष्ण कुमार गुप्ता र कृष्णनगर नगरपालिका– १० का २५ बर्षीय प्रदीप तेली रहेको श्रोतले जनाएको छ ।

जमुहराका मृतक गुप्ता कारोना संक्रमित पुष्टी भए पनि कृष्णनगरका तेलीको भने स्वाब बुटवल पठाइएको तर अझै रिपोर्ट आई नसकेको श्रोतले जनाएको छ ।

यस्तै तौलिहवाका दुई जना कोरोना संक्रमितको अवस्थामा पनि गम्भीर रहेको छ । मस्जिद टोलका मासु व्यापारी र सागरटोलका एक पुरुष काठमाडौंमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले कपिलस्तुका दुई कारोना संक्रमितको मृत्यु भएको खबर आए पनि अझै बिस्तृत बिवरण नआएको बताए । प्रजिअ दीर्घ नारायण पौडेलले तौलिहवाको जमुहरा टोलका कारोना संक्रमितको मृत्यु भएको बताए ।

कृष्णगनरका मृत्यु भएका गुप्ताको स्वाबको रिपोर्ट भने अझै नआएको बताए । जिल्लामा ८ सय ८० जना कोरोना संक्रमित छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७ बुधबार ००:००  ८ : ३० बजे