११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

बजेट दुरुपयोग गरेको भन्दै लेखापालमाथि हातपात



रुकुम पश्चिम ।
गाउँपालिकाको बजेट अनियमिततामा मुछिएका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापाल र लेखा सहायक माथि हातपात भएको छ । केही दिन अगाडि गाउँपालिकाको बजेट आफ्नो, आफ्नो श्रीमती र भतिजाको खातामा हालेपछि विवादमा आएका लेखापाल हेमन्तप्रकाश के।सी। र लेखा सहायक सुवास के।सीलाई स्थानीय युवाले हातपात गरेका हुन् ।

सदरमुकाम मुसिकोटमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय र नेपाल बैंकबाट काम सकेर फर्कदै गर्दा त्रिवेणी गाउँपालिकाको वडा नम्बर ४ मा रहेको लामाखेत भन्ने ठाउँमा आफूहरुमाथि हातपात भएको लेखापाल के.सीले बताउनुभयो ।

कुटपिट गरेर त्यही गाउँपालिकाको वडा नम्बर ५ का भिमबहादुर पुन, निराजन पुन, खकेन्द्र महर लगायतका युवाहरु भागेको उहाँले बताउनुभयो । रा १ ब ८२१ नम्बरको सरकारी मोटरसाइकलमा फर्कदै गरेका लेखापाल र लेखा सहायकलाई मोटरसाइकल रोक्न लगाएर उनीहरुले कुटपिट गरेका थिए ।

मोटरसाइकलबाट झारेर उनीहरुले फलामको रड, मुक्का र लात्तिले कुटपिट गरेको लेखापालका आफन्तले बताएका छन् । दुवैजनालाई ज्यान लिने र घर जलाइदिने धम्की समेत आक्रमणकारीले दिएका छन् । आक्रमण हुदै गर्दा उनीहरुले मोटरसाइकल छोडेर भागेर ज्यान जोगाएको बताएका छन् ।

घटनामा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७६र०७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रुपैयाँ लेखापाल के।सी।ले सिम्रुतुमा रहेको लक्ष्मी बैंकमा आफूसहित पत्नी बिर्मा र भतिजा सुवासको नाममा जम्मा गरेका थिए ।

पछि गाउँपालिकाले छानबीन गर्न थालेपछि गाउँपालिकाकै खातामा फिर्ता गरेका थिए । घटनाको जिल्ला प्रशासनले छानबीन गरिरहेको छ भने लेखा सहायक सुवासलाई जागिरबाट निकालिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७ बुधबार ००:००  ११ : ४५ बजे