५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

बर्दियामा पाँच दिन थपियो निषेधाज्ञा



बर्दिया ।

कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै बर्दियामा लगाइएको निषेधाज्ञाा पछिल्लोपटक पाँच दिन लम्ब्याइएको छ। गत साउन २५ देखि लागु गरिएको निषेधाज्ञा पछिल्लोपटक थप गरेर भदौ ५ गते रातिसम्मलाई लम्ब्याइएको हो।

आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा भदौ ५ सम्म लम्ब्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए। कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो।

कोरोना संकट व्यवस्थापन समिति बर्दियाका अध्यक्ष एवं प्रजिअ अधिकारीको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञा लम्ब्याएको हो। निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै परेमा अनिवार्य मास्क प्रयोग गर्न पनि सर्वसाधारणलाई प्रशासनले आग्रह गरेको छ।

यस्तै, पछिल्लो पटकको निषेधाज्ञाको अवधिमा भने अत्यावश्यक परेको खण्डमा खाद्यान्न पसलहरु र बैंकिङ सेवाहरु पनि स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउँदै सञ्चालन गर्न सकिने प्रजिअ अधिकारीले बताए।

बर्दियामा अहिले सम्म २९२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्येमा २४६ जनाले कोरोना जितेर घर फर्किसकेका छन्।

प्रकाशित मिति : १ भदौ २०७७ सोमबार ००:००  ११ : २८ बजे