८ असार २०८३, सोमबार | Mon Jun 22 2026

लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकलाई कोरोना संक्रमण



बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट एवं शल्य चिकित्सक कृष्ण खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डा. खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

डा. खनालले सोमबार बिहान फेसबुकमा पोष्ट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको र आफू सुरक्षित आइसोलेसनमा रहेको जानकारी गराउँदै आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि पिसिआर परीक्षण गरी ढुक्क हुन आग्रह गरे।

‘मेरो कोभिड–१९ पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनमा रहेको छु, मेरो सम्पर्कमा आएकाहरूले परीक्षण गरी ढुक्क हुनुहोस्,’ डा. खनालले फेसबुकमा पोष्ट गरेका छन्।

पछिल्लो समयमा बुटवलमा कोरोना संक्रमण पुष्टि भएकाहरू आफैं सार्वजनिक हुने क्रम बढेको छ। यसअघि प्रदेश ५ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले पनि आफूलाई संक्रमण पुष्टि भएपछि फेसबुकमार्फत् जानकारी गराउँदै आफ्नो सम्पर्कमा रहेकाहरूलाई परीक्षण गर्न आग्रह गरेका थिए।

प्रकाशित मिति : १ भदौ २०७७ सोमबार ००:००  ३ : ३३ बजे