२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

पानीमा डुबेर दाङमा दुई बालिकाको मृत्यु



दाङ ।
खेल्ने क्रममा पानीमा डुबेर दाङमा दुई बालिकाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका १७ को गैरागाँउका मनोज चौधरीकी १५ महिनाकी छोरीको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । खेल्ने क्रममा घर नजिकैको कुलोमा डुबेर बालिकाको ज्यान गएको हो ।

यसैगरी गढवा गाउँपालिका ४ खजरौटाका महोमद रजा मियाकी एक वर्षीया छोरीको खेल्ने क्रममा बाल्टीमा राखिएको पानीमा डुबेर ज्यान गएको हो ।

दुवै घटनामा पानीमा डुबेर घाइते भएका बालिकाहरुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ भदौ २०७७ मंगलबार ००:००  ९ : ४४ बजे