१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

दाङमा गुडिरहेको एम्बुलेन्सबाट लडेकी महिलाको मृत्यु



दाङ ।

गुडिरहेको एम्बुलेन्सबाट लडेर लमहीमा एक महिलाको मृत्यु भएको छ । नेपालगन्जबाट उपचार गरेर घर फर्किंदै गर्दा भे१च १६४५ नम्बरको एम्बुलेन्सबाट लडेर लमही नगरपालिका–७ बनघुस्रीकी ३५ वर्षीया कमला विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार घरनजिकै पुग्दा एम्बुलेन्सबाट लडेकी विकको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल कोहलपुर मेडिकल कलेज बाँके लगिएकोमा राति मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

एम्बुलेन्सको पछाडिको ढोका खुलेर महिला खसेको हुन सक्ने प्रहरीले जनाएको छ । एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७ बिहिबार ००:००  १ : २१ बजे