५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

गुल्मीमा अत्याधिक मदिरा सेवनकै कारण दुई जनाको मृत्यु



गुल्मी ।

अत्यधिक मदिरा सेवनका कारण गुल्मीमा २ जनाको मृत्यु भएको छ। इश्मा गाउँपालिका–२ पालुखाका ३१ वर्षीय चुराबहादुर कुँवर गएराति आफ्नै बारीमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए।

यस्तै मालिका गाउँपालिका वडा नं ७ घमिरका ३६ वर्षका बकबहादुर विक शुक्रबार बिहान भानुपोखरामा मृत फेला परेका पन्तले जानकारी दिए।

विक पनि मदिरा सेवनकै कारण भानुपोखरामा रहेका लक्ष्मी होटल नजिकै उनी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रकाशित मिति : ५ भदौ २०७७ शुक्रबार ००:००  ३ : ५७ बजे