५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

गुल्मीमा जिप दुर्घटनाः ४ जना घाइते, १ जनाको अवस्था गम्भीर



गुल्मी ।

गुल्मीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

तम्घासदेखि मालिका गाउँपालिका अर्जे जाँदै गरेको लु२च २५७३ नम्बरको जिप रेसुंगा नगरपालिका ४ अर्खले घुम्तीनिर ब्रेक फेल भई अनियन्त्रित हुँदा मालिका गाउँपालिका वडा नं ८ की ३० वर्षकी माया परियार उनका ९ वर्षका छोरा सतिष, मालिका गाउँपालिका वडा नं ५ की वर्ष २० की दीपा घिमिरे र इश्मा गाउँपालिका वडा नं ६ की वर्ष १२ की सन्ध्या परियार घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए।

घाइतेमध्ये माया परियारको अवस्था गम्भीर रहेकाले पाल्पा प्रभासमा उपचारका लागि पठाइएको छ। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। अन्य तीन जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ५ भदौ २०७७ शुक्रबार ००:००  ४ : ४६ बजे