५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

भक्तपुरमा उपचाररत् बुटवलका कोरोना संक्रमित पुरुषको मृत्यु



काठमाडौं ।

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ५४ वर्षीय पुरुषको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ।

बुटवल निवासी उनको आइतबार दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

उनको अन्तिम संस्कार पनि भइसकेको छ। मृगौला रोग पीडितसमेत रहेका पुरुष डायलासिस गराउँदै आएका थिए।

प्रकाशित मिति : ८ भदौ २०७७ सोमबार ००:००  ११ : ५७ बजे