२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

आइसोलेशनबाट कोरोनाका विरामी फरार



नेपालगञ्ज ।
कोरोना भाइरसको संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिएका बाँकेका एक थुनुवा फरार भएको प्रहरीले जनाएको छ ।

खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेशनबाट थुनुवा भागेका हुन् । बाँके प्रहरीले लागुऔषध कोरेक्ससहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएका थुनुवालाई संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा पठाइएको थियो। भदौ ५ गते आइसोलेशन सेन्टरमा पठाइएका थुनुवा आइतबार भागेका हुन् ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आइसोलेशनमा पठाइएका थुनुवा भागेको र खोजी भइरहेको बताए। थुनुवा भागेपछि एसपी रानाले आइसोलेशनको ड्युटीमा रहेका पाँच प्रहरीलाई जिल्ला प्रहरी कार्यालय तानेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  ७ : ४१ बजे