१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

दाङमा ६७५ जना कोरोनामुक्त



दाङ ।

दाङमा कोरोना संक्रमण पुष्टि भएका मध्य ९२ प्रतिशत संक्रमित कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले सम्म ७ सय २८ जना संक्रमित भएकोमा ६ सय ७५ जना कोरोनामुक्त भएका हुन् ।

अहिले दाङमा ५० जना संक्रिय संक्रमितहरु आइसोलेशनमा रहेका छन् । दाङमा सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा २ सय ८० जना संक्रमित भेटिएकोमा २ सय ७१ जना निको भैसकेका छन् ।

त्यसैगरी, बंगलाचुली गाउँपालिकामा एक सय ६० जना संक्रमित पुष्टि भएकोमा सबै निको भैसकेका छन् भने दंगिशरण गाउँपालिकामा पनि संक्रमण पुष्टि भएका ५ जना नै कोरोना मुक्त भएका छन् ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ७८ जनामा कोरोना देखिएको र ६५ जना निको भैसकेका छन् । गढवामा ४५ जनामा संक्रमण पुष्टि भएका मध्य ४३ जना निको भएका छन् भने शान्तिनगरमा ३५ जनामा संक्रमण देखिएकोमा २५ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  ६ : ४६ बजे