१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

बाँकेमा थपिए ९ जना कोरोना संक्रमित



नेपालगन्ज ।

बाँकेमा स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, प्रहरी गरेर मंगलबार पुनः ९ जना कोरोना संक्रमित थपिएका छन् । बाँकेबाट मंगलबारसम्म ६५४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

१४ दिन आइसोलेसनमा बसेका र कोरोनाको कुनै लक्षण नदेखिएका दर्जनौं व्यक्तिहरु हरेक दिन डिस्चार्ज हुँदै आएका छन् । यही क्रममा मंगलबार थप २६ जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार ७ महिला र १९ पुरुष गरी २६ जनालाई डिस्चार्ज गरिएको बताए ।


बाँकेमा ८३२ जना संक्रमित रहेकोमा अहिले बाहिरी जिल्लाका एक जना गरी १७८ जना आइसोलेसनमा छन् । चार जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  ७ : ०२ बजे