१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

बुटवलमा २५ जना कारोना संक्रमित थपिए, ३ जनाको अवस्था भने गम्भिर



बुटवल ।
पछिल्लो २४ घन्टामा बुटवल उपमहानगरपालिकामा २५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा १५ जना पुरुष छन् भने १० जना महिला रहेका छन् ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले दिएको जानकारी अनुसार मंगलबार साँझ ४ बजे सम्मको तथ्यांकअनुसार वडा नं. २ मा १ जना, वडा नं. ४ मा ४ जना, वडा नं. ६ मा ५ जना, वडा नं. ८ मा ३ जना, वडा नं. ११ मा ५ जना, वडा नं. १२ मा २ जना, वडा नं. १३ मा २ जना, वडा नं. १५ मा १ जना र वडा नखुलेका २ जना गरि जामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार थपिएका २५ जना संक्रमित मध्ये ३ जनाको अवस्था गम्भिर भएका कारण बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचार भैरहेको छ भने ३ जनाको बुटवल वडा न ११ देवीनगरस्थित एन्फा एकेडेमीमा रहेको आइसोलेसनमा राखेर उपचार भैरहेको छ तथा बाँकी १९ जना होम आइसोलेसनमा बसेका छन् ।

सिंहका अनुसार पछिल्लो २४ घन्टामा बुटवल उपमहानगरपालिका वडा न १ का ५५ बर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। उनको उपचारको क्रममा हिजो भक्तपुर अस्पतालमा मृत्यु भएको छ । मिर्गौलाको समस्यापछि निरन्तर डायलिसिस गराउदै आएका उनलाई भदौ ६ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  ८ : ४० बजे