२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

स्कुटी दुर्घटना हुँदा रुपन्देहीमा एक मृत्यु



बुटवल ।

रुपन्देहीमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका ३ सीताराइस मिलनजिक लु २६ प १४५५ नम्बरको स्कुटी पल्टिँदा स्कुटी चालक तिलोत्तमा २ शंकरनगर बस्ने शंकर कार्कीको मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका कार्कीको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० भाद्र २०७७ बुधबार ००:००  १ : ०४ बजे