८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बाँकेमा कोरोनाबाट ७० वर्षीया वृद्धाको मृत्यु



दाङ ।

बिहीबार बाँकेमा थप एक जना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी ७० वर्षीया वृद्धाको कोहलपुर मेडिकल कलेजमा बिहीबार बिहान ११ बजेर ५० मिनेटमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन्।

मृतकको फोक्सोमा निमोनिया भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। उनी नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा भदौ ३ गते अस्पतालमा भर्ना भएका थिए। सोही दिन नै कोरोनाको आशंकामा पिसिआर परीक्षणका लागि स्वाब झिकिएको थियो। उनको भदौ ५ गते रिपोर्ट पोजिटिभ आएको फोकल पर्सन श्रेष्ठले बताए।

नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचाररत् ती महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भदौ ६ गते राति १० बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भेन्टिलेटरसहितको उपचार सेवाको लागि उनलाई सारिएको थियो। योसँगै बाँकेमा ६ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : ११ भदौ २०७७ बिहिबार ००:००  २ : ३९ बजे