१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा एकको मृत्यु



सैनामैना ।
रुपन्देहीको सैनामैनामा एकको मृत्यु भएको छ । शुक्रबार बिहान ५ः१५ बजे सैनामैना–५ बुद्धनगरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ५७०२ नम्बरको ट्रकले ठक्कर दिँदा सैनामैना-६ बस्ने पैदलयात्री १६ वर्षीय विनोद विकको मृत्यु भएको हो ।

ठक्करबाट घाइते उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७ शुक्रबार ००:००  ९ : ५२ बजे