४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

राप्ती प्रादेशिक अस्पतालका ९ स्वास्थ्यकर्मीलाई कोरोना देखियो



दाङ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत् ९ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका दुई चिकित्सकसहित ९ जनालाई संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए।

उनका अनुसार संक्रमितमध्ये सात जना स्वास्थ्यकर्मीलाई संक्रमन पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरूलाई संक्रमण पुष्टि भएको हो।

जसमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ३२ र ३७ वर्षका दुई जना, वडा नम्बर ६ का ३५ र ४१ वर्षका दुई जना, वडा नम्बर ९ का ५६ वर्षीय एक जना र वडा नम्बर १९ का ३५ वर्षीय एक जनामा संक्रमन पुष्टि भएको छ।

त्यस्तै, तुलसीपुरबाट स्वाब संकलन गरिएका घोराही १५ का ३२ वर्षका एक जना र चितवन भरतपुर ५ घर भएका २६ वर्षीय अर्का एक जनामा पनि कोरोना पुष्टि भएको छ। घोराहीमा बैंकका चारसहित १० जनालाई कोरोना पुष्टि घोराहीमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ।

घोराही उपमहानगरपालिका–८ का २५ वर्षीय पुरुष, घोराही १० नारायणपुरका का २५, ३० र ३२ वर्षीय पुरुष र ३४ वर्षीय एक महिलामा संक्रमन पुष्टि भएको छ। उनीहरू सबै स्थानीय व्यापारी रहेको खुल्न आएको छ।

घोराही–११ का ५३ वर्षीय पुरुष, घोराही–१५ का २०, ४२, ५४ र ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

घोराहीमा ७५ जनाको स्वाव परीक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव संकलन गरी परीक्षण थप १० जनामा कोरोना संक्रमण देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए।

तुलसीपरबाट स्वाब संकलन गरिएको घोराही–१५ का ३२ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको छ। योसँगै दाङमा कोरोना संक्रमितको संख्या ७ सय ६७ जना पुगेको छ। शनिबारसमेत गरी सक्रिय संक्रमितको संख्या ७९ पुगेको छ।

प्रकाशित मिति : १३ भाद्र २०७७ शनिबार ००:००  ५ : २५ बजे