२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु



बुटवल ।

बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालले जनाए अनुसार बुटवल उपमहानगरपालिका वार्ड नम्बर ५ का ६७ बर्षिय पुरुषको आज १२ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो ।

उच्च ज्वरो आएपछि पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि आईतबार बिहान ४ः ३५ बजे उनी लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लीनीकमा भर्ना भएका थिए ।

अस्पतालको फिभर आइसोलेसनमा आईतबार बिहानै देखि उपचाररत रहेका उनको मध्यान्ह १२ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताउनु भयो ।

कोरोना संक्रमित मृतकमा पहिले देखिनैमुटुरोग, मधुमेह र प्रेसरको रोग रहेको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७७ आइतबार ००:००  २ : ४३ बजे