२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

जिल्ला अस्पताल अर्घाखाँचीको स्वास्थ्य सेवा एक हप्तापछि सुरु



बिष्णु कुमार आले, अर्घाखाँची ।

जिल्ला अस्पताल अर्घाखाँचीका स्वास्थ्यकर्मी लाई कोरोना देखिएपछि बन्द गरिएको स्वास्थ्य सेवा आईतबार देखि सुचारु हुने भएको छ ।

अर्घाखाँची अस्पताल परिसरमा रहेको जन स्वास्थ्य कार्यालयमा कार्यरत २ जना स्वास्थ्यकर्मीमा यहि भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि इमरर्जेन्सी र प्रसुती सेवा बाहेक अन्य सम्पुर्ण सेवा बन्द गरिएको थियो ।

गत भदौ ८ गते जनस्वास्थ्य तथा अस्पतालमा कार्यरत चिकित्सक सहितका स्वास्थ्यकर्मी हरूको पिसिआर परिक्षणका लागी लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा पठाइएको डाक्टर र स्वास्थ्यकर्मीको पिसियार रिपोर्ट नेगेटिभ आएपछी सम्पुर्ण बन्द गरिएका सेवा आज आईतबार देखी खुल्ने अस्पतालका प्रमुख डाक्टर कपिल गौतमको हस्ताक्षरमा जारि बिज्ञप्तीमा जनाईएबो छ ।

गत भदौ ७ गते २ जना स्वास्थकर्मी, १ जना सञ्चारकर्मी, १ जना कार्यालय प्रमुख गरी १३ जनामा संक्रमण पुष्टी भएको थियो ।

सक्रमितको सम्पर्कमा आएका १ सय ११ जनाको स्वाव संकलन गरि पठाइएको मध्ये ९७ जनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापाले जानकारी दिईन् ।

अब १४ जनाको रिपोर्ट आउन बाँकी रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७ आइतबार ००:००  ३ : १५ बजे